ललितपुर – श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३५ औं केन्द्रीय बार्षिक साधारणसभा शनिबार श्री कृष्ण प्रणामी मूल मन्दिर ईमाडोलमा सम्पन्न भएको छ । श्री नवतनधामका गादीपति श्री १०८ अमृतराज महाराजको समुपस्थिती तथा बरिष्ठ सञ्चारकर्मी टिकाराम यात्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यात्रीले युवा जोशमा शाकाहार संस्कृति, नैतिक व्यवहार सहित समाज सुधार्न लागेका प्रणामी युवा समाज परिवर्तनका ऐना हुन्, बालापनदेखि अहिंसाबाट टाढा रहन प्रणामी समाजमा आफुले आश्रय लिएको बताउँदै यस धर्मको ग्रन्थ तारतम सागरले समस्त मानव जातीको मोक्षको बाटो देखाएको र यसैको अनुसरक यो ठूलो प्रणामी समाज संस्कृति परम्परा अंगिकार गरि समाज सुन्दर वनाउन अग्रसर रहेको आफूले पाएको बताउनुभयो ।

नवतनधामका बाबाजी अमृतराज महाराजले कार्यक्रम सफलताको कामना गर्दै युवाहरु जोश लिएर बढ्न र स्रोत संकलनको ब्यवस्था गरि हामीलाई चाहिएको भौतिक संरचना तयार गर्न मिलेर जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै  सेवा समिति नेपालका अध्यक्ष श्याम कृष्ण शर्मा, बाईजुराज समिति नेपालकी अध्यक्ष मिरा खतिवडा सञ्जेल, सेवा समिति सल्लाहकार संयोजक रेशमराज ढकाल, परिषदका संस्थापक अध्यक्ष कल्याण कुमार कार्की, सेवा समितिका पुर्व अध्यक्ष मदनकृष्ण शर्मा, परिषद्का वित्तीय परामर्शदाता नन्द किशोर शर्मा लगायतले युवाका सक्रिय गतिबिधि सामजका लागि दुरगामी र प्रभावकारी रहेको र भोलिका दिनमा देशैभरका युवालाई समेटेर अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा परिषदको बिभिन्न प्रदेश तथा जिल्लाबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गत बर्ष एसईई परिक्षामा सर्बोत्कृष्ट अंक ४ जीपिए ल्याउने प्रणामी समाजका बिद्यार्थीहरु निभा मिश्र काठमाण्डौ, सम्पन्न खत्री गोरखा र श्रीजी पोखरेल मोरङलाई नगद पुरस्कार र मेडल सहित सम्मान गरिनुका साथै सोहि अवसरमा ए प्लस ल्याउने छात्र छात्रालाइ समेत सम्मान गरिएका थियो । संस्थाका महासचिव दिपक कार्कीले परिषदको बार्षिक कार्ययोजना तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष उमेश प्रधानले आर्थिक प्रतिवेदनसहितको आय ब्याय विवरण सभामा पेश गर्नुभएको थियो ।


कार्यक्रममा युवा परिषद नेपालको वेभ साईट पनि शुभारम्भ गरिएको थियो । साधारण सभा आयोजक समिति संयोजक तथा परिषदका उपाध्यक्ष भिम बगालेले अतिथी तथा सहभागीलाई स्वागत गर्नुभएको थियो भने महासचिव दिपक कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । दोस्रो सत्रमा सभामा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:43:46