काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्की राजनीतिक दलका शीर्ष नेतासँगको वार्ताको तयारीमा जुटेकी छन् । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको वातावरण सृजना गर्न उनी शीर्ष नेताहरूसँग छलफलमा सक्रिय रहेको जनाइएको छ।

स्रोतका अनुसार दलका दोस्रो तहका नेता र केही नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

विभिन्न दलका शीर्ष नेतासँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालयका स्रोतले जनाएको छ । ‘छलफल जारी छ। एकैसाथ भेट्ने कि अलग-अलग भेट्ने भन्ने विषय छलफलकै क्रममा छ। राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूसँग निकट नागरिक समाजका प्रतिनिधिहरूसँग सूचना आदानप्रदान भइरहेका छन्।’ स्रोतको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले यही साताभित्र शीर्ष नेताहरूसँगको छलफलका लागि निम्तो पठाउन सक्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 08:00:12