काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना घटाउँदै सचिवालय ६ जनामा सीमित गर्ने निर्णय गरेकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सचिवालयलाई “सानो, प्रभावकारी र मितव्ययी” बनाउने उद्देश्यले संरचना संकुचनको निर्णय गरिएको उल्लेख छ।

कार्यालयका अनुसार कार्यविधिमा सचिवालयका लागि ६६ जनासम्मको दरबन्दी रहे पनि विगतमा यसलाई २० जनामा झारिएको थियो। जेनजी युवाहरू तथा विभिन्न पक्षबाट उठाउँदै आएका प्रश्न, आलोचना र सुझावपछि सचिवालयलाई थप घटाएर ६ जनामा सीमित गर्ने निर्णय गरिएको जनाइएको छ।

नयाँ संरचना अनुसार सचिवालयमा रहने पदः

  • मुख्य सल्लाहकार – १

  • जनसम्पर्क सल्लाहकार – १

  • प्रमुख स्वकीय सचिव – १

  • प्रेस संयोजक – १

  • स्वकीय शाखा अधिकृत (फोटोग्राफर) – १

  • अवैतनिक जनस्वास्थ्य विज्ञ – १

जम्मा ६ पद कायम रहनेछन्। बाँकी सबै पद मंसिर ११ गतेदेखि खारेज हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवार तथा नातेदारलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि सरकारमाथि आलोचना बढेको थियो।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 08:00:14