काठमाडौं, बुढानीलकण्ठ ।  बुढानीलकण्ठ नगरपालिकाले भोलि १२ औँ नगर स्थापना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ। नगरपालिकाले सबै वडा कार्यालयहरूलाई पत्र पठाउँदै कार्यक्रम सफल बनाउन आवश्यक समन्वय तथा सक्रिय सहभागिता सुनिश्चित गर्न अनुरोध गरेको छ।

नगर स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित नागरिक समाज प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, उपभोक्ता समिति, टोल विकास समिति तथा साझेदारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख मिठाराम अधिकारीद्वारा हस्ताक्षरित सूचनामा नगर स्थापना दिवसलाई उत्सवमय बनाउन सबैको सक्रिय भूमिकाको अपेक्षा गरिएको उल्लेख छ। कार्यक्रम २०७८ मंसिर १६ गते, मंगलवार बिहान १०:३० बजे बुढानीलकण्ठ नगरपालिका कार्यालय, हात्तिगाउँ, काठमाडौंमा आयोजना हुनेछ।

नगरपालिकाले यस दिवसलाई संस्थागत विकास, स्थानीय समन्वय, पारदर्शिता तथा सेवा प्रवाह सुधारप्रति आफूको प्रतिबद्धता पुनः दोहोर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 08:00:15