बुढानीलकण्ठ नगरपालिका–२, कालिका पार्कमा आयोजित सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय तहको सेवा प्रवाह, नागरिक सरोकार, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिका लागि प्रत्यक्ष संवादको माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रम प्रशासकीय अधिकृत महेश प्रसाद पाठकको सञ्चालनमा र नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर प्रवक्ता नवराज भट्टराईसहित विभिन्न विषयगत समितिका संयोजकहरू—पूर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, विधायन, सामाजिक विकास, आर्थिक विकास, वन–वातावरण तथा विपद् व्यवस्थापन, लेखा समिति—का संयोजक तथा सदस्य, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान तथा शहीदहरूप्रति मौनधारणसहित कार्यक्रमको औपचारिकता प्रारम्भ भयो। प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सेवा प्रवाह, प्रशासनिक सुधार तथा सार्वजनिक सुनुवाइको उद्देश्यबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम सहजकर्तामार्फत अघि बढाइँदै सहभागीहरूलाई आचारसंहिता तथा नागरिक प्रतिवेदन पत्रबारे जानकारी गराइएको थियो। साथै, बहिर्गमन अभिमतसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।

स्थानीयवासीहरूले लिखित तथा मौखिक रूपमा राखेका प्रश्न, समस्या, जिज्ञासा तथा सुझावलाई एकीकृत रूपमा नगर प्रमुख मिथाराम अधिकारीले जवाफ दिए। सेवा प्रवाह, विकास निर्माण, सुशासन, बजेट कार्यान्वयन, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा आएका जिज्ञासाहरू सम्बोधन गर्दै उहाँले व्यवस्थापन पक्ष अझै प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख अधिकारीले सार्वजनिक सुनुवाइलाई नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अभ्यासका रूपमा मूल्यांकन गर्दै प्राप्त सुझाव तथा अभिमतहरूलाई आगामी योजनामा प्राथमिकता दिने जनाउँदै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको घोषणा गरे।

 



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:41:53