काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको पहिचानका लागि पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गर्ने भएको छ।

बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा सञ्चालन हुन लागेको उक्त पदयात्रा कार्यक्रम  १० गते बिहीबार आयोजना गरिने नगर कार्यपालिकाको कार्यालय बुढानीलकण्ठले जनाएको छ।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार पदयात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले विहान ठीक ७:०० बजे बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडा, काठमाडौँमा उपस्थित हुनुपर्नेछ। पदयात्रा बुढानीलकण्ठ मन्दिर आसपासका पर्यटकीय क्षेत्र केन्द्रित रहने जनाइएको छ।

नगरपालिकाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय गन्तव्यको पहिचान, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

सूचनामा पदयात्रामा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले  ९ गते दिउँसो ४:०० बजेसम्म उद्योग तथा पर्यटन शाखामा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ। नाम दर्ताका लागि ९८५१०५२६०५ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख छ।

नगरपालिकाले स्थानीय जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायी, युवाहरू तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 11:22:56