काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समाप्त गरेको छ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। दुवै टोली पहिले नै प्लेअफ दौडबाट बाहिरिइसकेकाले खेल प्रतिष्ठाको मात्र रह्यो।

७ खेलमा ३ जित हात पारेको पोखरा ६ अंकसहित पाँचौँ स्थानमा रह्यो भने चितवन ७ खेलमध्ये ५ मा हार बेहोर्दै ४ अंकमै सीमित रह्यो। अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ। दुवैको २–२ अंक रहेको छ।

पोखराका लागि ओपनर रोसिङटनले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १४.२ ओभरमा १०० रनको साझेदारी गरे। कुमाल ५३ बलमा अविजित ४३ रनमा पुगे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे।

चितवनका सैफ जैब र रिजन ढकालले एक–एक विकेट लिएका थिए।

यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको थियो।

चितवनका देव खनालले ३५ रन योगदान दिए। एनपीएलमा डेब्यू गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन जोडे। कप्तान कुशल मल्लले २३ तथा सैफ जैबले १७ रन बनाए।

७ रनमै ३ विकेट गुमाएपछि दबाबमा परेको चितवनलाई देव–जैबले ३८ रनको साझेदारी गर्दै उकासे। देवले कप्तान मल्लसँग थप २५ रनको ब्लेन्ड गरे भने अन्त्यतिर मल्ल–राम्जानीले छैटौँ विकेटका लागि ३९ रन जोडे।

पोखराका धनन्जय लक्षनले घातक बलिङ गर्दै ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक–एक विकेट हात पारे।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:46:39