काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ का लागि बुढानीलकण्ठ नगरपालिकाको कृषि विकास शाखाद्वारा स्वीकृत आन्तरिक कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। यही कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा मिनी टिलर (हाते ट्र्याक्टर) वितरण समारोह बुढानीलकण्ठ नगरपालिका प्राङ्गण, हात्तीगौंडामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री मिठाराम अधिकारी ज्यूले कृषकहरूलाई मिनी टिलर हस्तान्तरण गर्दै कृषि क्षेत्रमा प्रविधिको उपयोग अनिवार्य भईसकेको बताउनुभयो। उहाँले आधुनिक उपकरणको प्रयोगले कृषकको श्रम, समय तथा लागत बचत हुँदै उत्पादकत्व बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री अजय बर्तौला ज्यूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरपालिकाका अनुसार मिनी टिलर वितरणले कृषकहरूलाई परम्परागत खेती पद्धति छाडेर आधुनिक कृषि प्रविधितर्फ अघि बढ्न प्रेरणा प्रदान गर्नेछ।

यो कार्यक्रममार्फत कृषि क्षेत्रलाई थप सुदृढ, व्यवस्थित र व्यवसायिक बनाउने उद्देश्य नगरपालिकाले राखेको छ।

    



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:46:05