काठमाडौं।बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो।मोन्थाको प्रभावसँगै हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि शनिबार बिहानैदेखि वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ।दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।शनिबार राति कोशी प्रदेश र मधेश प्रदेश साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 14:06:00