तनहुँ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको चौथो वार्षिक साधारण सभा यहि २०८२ कार्तिक १ गते शनिबार तनहुँको श्री प्राणनाथ आश्रम आँबुखैरेनीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि परिषद्का केन्द्रिय सदस्य प्रल्हादचन्द्र लम्साल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यसमितिका अध्यक्ष युवराज बरालले गर्नुभएको थियो । सभामा सांगठनिक तथा आर्थिक प्रतिवेदन समितिका सचिव सन्तोष ढुंगानाले प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको औपचारिक उद्घाटन श्री प्राणनाथ आश्रम आँबुखैरेनीलाई प्राथमिक उपचार बक्स वितरण गरेर गरिएको थियो भने प्रदेश शैक्षिक सम्मान-२०८२ बाट गत बर्ष SEE मा सर्वोत्कृष्ट नतिजा ल्याई उर्तिण हुने गण्डकी प्रदेश तर्फ सम्पन्न खत्री (गोरखा) र पेशल फुयाल (तनहुँ) त्यसै गरी लुम्बिनी प्रदेश तर्फ स्पर्श सापकोटा (रूपन्देहि) र कृत्रि घिमिरे (नवलपरासी) लाई नगद प्रोत्साहन सहित प्रशंसा-पत्र द्वारा सम्मान गरिएको थियो ।

प्रदेश सदस्य निरन्जन बस्नेतले स्वागत मन्तव्य राख्नुभएको उक्त साधारण-सभामा लुम्बिनी क्षेत्रबाट प्रदेश सदस्य राधा कार्की, तनहुँ जिल्ला अध्यक्ष बुद्धि थलाल, गोरखा जिल्ला अध्यक्ष प्रेम वस्ती, लमजुङ जिल्ला अध्यक्ष राधाकृष्ण लामिछाने र कास्की जिल्ला अध्यक्ष तोयानाथ सापकोटा लगायतले जिल्लाको गतिविधिका साथ समिक्षात्मक मन्तव्य राख्दै परिषद्को गतिविधिलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश, विभिन्न जिल्ला र प्रारम्भिक समितिबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रमुख अतिथि  लम्सालले परिषद्का गतिविधिहरूलाई समय सापेक्ष परिस्कृत गर्नुपर्ने धारणा राख्दै प्रदेश समितिबाट भएका कार्यक्रमहरूको प्रशंसा गर्दै परिषद्ले युवाहरूमा सेवा र समर्पणको भावना जागृत गर्न निरन्तर योगदान दिइरहेको उल्लेख गर्नुभयो । सो कार्यक्रमको सञ्चालन उक्त प्रदेश समितिका सह-सचिव प्रदिप चौलागाईले गर्नुभएको थियो ।