काठमाडौँ ।  प्रहरीले टिकटकबाट अफवाह फैलाउने सजन श्रेष्ठ र अफ्ताव अन्सारीलाई नियन्त्रणमा लिएको छ ।  गत असोज ३० गते मोटरसाइकल चालक काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ ट्राफिक प्रहरीले लापरवाही ढंगले सवारी सञ्चालन गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो । उनी बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकल चलाइरहेका थिए, जसमा क्रस फायर मोटरसाइकलको ह्यान्डिल जडान गरिएको पाइएको थियो ।

पक्राउ परेकासँग प्रहरीले Samsung Galaxy A14 5G मोबाइल फोन १ थान र GoPro Hero 09 Black क्यामेरा १ थान बरामद गरेको छ । बरामद सामग्रीसहित दुबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

उनीहरुको साथबाट मोबाइल र गोप्रो क्यामरा एक एक थान बरामद गरि थप अनुसन्धान एवं आवश्यक कार्वाहीका लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाईएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

 



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 15:18:07