सोलुखुम्बु, काठमाडौं |  सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 08:00:17