काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच यहाँ निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति, उद्योगी–व्यवसायी तथा विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोली सहभागी थियो ।

कार्यक्रममा अध्यक्ष अग्रवालले मुलुकको हालको आर्थिक अवस्था, जेनजी आन्दोलनपछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीतिगत सुधार र दीगो विकासका सम्भावनाबारे धारणा राखे। उनले नेपाल प्राकृतिक स्रोतसाधनका हिसाबले दक्षिण एसियाकै अग्रणी रहेको उल्लेख गर्दै, “देशका अथाह स्रोतहरूको प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ,” भने।

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । अध्यक्ष  अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सवल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे ।

जेन्जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए । जेन्जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे ।

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरुले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए ।

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्र सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालको लगानी अवसर, नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरणसम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।p



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 12:45:49