काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताएका छन् ।

आइतबार भक्तपुरमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री पुनले परीक्षाफल समयमै प्रकाशित नहुनु शिक्षा व्यवस्थाको कमजोरी भएको बताए ।

उनका अनुसार चार/पाँच लाख विद्यार्थीको नतिजा सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्नु अस्वाभाविक भएकाले यसको समाधान गर्न आवश्यक छ। कार्यक्रममा उनले विश्वविद्यालयहरू सम्बन्धन वितरणमै केन्द्रित हुँदा शिक्षाको गुणस्तर कमजोर भइरहेको उल्लेख गरे।

मन्त्री पुनले भने, ‘एसइई र १२ कक्षामा जम्मा ४ र ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नका लागि ८ र ९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ ।’

मन्त्री पुनले शोध र अनुसन्धानप्रधान शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन् ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:43:27