दोलखा। गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिम पहिरोमा परेर ५ जना विदेशी र २ नेपाली आरोहीको मृत्यु भएको छ ।हिमपहिरोमा ४ जना बेपत्ता छन् । ४ जना घाइते छन् ।
मृत्यु हुनेमा अमेरिकी नागरिक ३ जना, क्यानडाका १ र इटालीका १ गरी ५ जना विदेशी छन् । उनीहरुसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो । उनीहरु रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिमपहिरोमा परेका हुन्।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले सोमबार दिउँसो केहीबेर हेलिकप्टरमार्फत बेपत्ताको खोजी र घाइतेको उद्धार प्रयास भए पनि मौसम खराब हुँदा सफल नभएको बताए ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 12:46:24