काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गएराती भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईले शान्ति व्यवस्थामा खलल पुर्याएको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।

प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनले प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका थिए ।

 



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-09-12 21:37:28