काठमाडौं।फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ।शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन इच्छुक पार्टी सदस्यहरूले उम्मेदवार क्लबमा सहभागी हुनुपर्नेछ । उम्मेदवार क्लबका लागि आवेदन, योग्यता परीक्षण, अभिलेखीकरण आदि व्यवस्था उम्मेदवार छनोट प्रक्रिया र विधान बमोजिम हुनेछ । उम्मेदवार क्लबमा आवेदन दिन अनलाइन र अफलाइन दुवै माध्यम उपलब्ध हुने आचार्यले बताए ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 12:37:39