काठमाडौं।निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको छ।निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुने सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मतदाता नामावली माथि दावी विरोध तथा निवेदनमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुने कार्यक्रम छ।पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३स्०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ।

त्यस्तै पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने भनिएको छ।पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने प्रवक्ता भट्टराईले बताए।माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 10:33:29