काठमाडौं।नेपाल प्रहरीका केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले जिम्मेवारी पाएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका अनुसार केन्द्रीय प्रवक्ताको जिम्मेवारी अब प्रहरी नायब महानिरीक्षक -डिआइजी) अविनारायण काफ्लेलाई दिएको हो।

यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए।
प्रहरी प्रधान कार्यालयले संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको महानिरीक्षकको सचिवालयले जनाएको छ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 12:46:30