काठमाडौं  । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत गरिएको छ ।नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि उनले सनाखत गरेका हुन् । दलको प्रस्तावित अध्यक्षसमेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरे ।

सनाखतपछि कल्पितले आगामी प्रतिनिधिसभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे ।

“हामी राजनीतिमा सेवा र समर्पण गर्नका लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा आगामी चुनावमा हामी अरू दलभन्दा पल्ला भारीको रूपमा जनताको पक्षमा काम गर्नका लागि संसद् भवन र सिंहदरबार छिर्नेछौँ,” उनले भने ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 09:15:50