काठमाडौं।कप्तान लियोनल मेसीको गोल र असिस्टमा अर्जेन्टिनाले एन्गोलाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल २–० ले जितेको छ ।शुक्रबार राति एन्गोलाको लुआन्डामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल गरे । अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

खेलको ४३औँ मिनेटमा मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । जसमा मेसीले असिस्ट गरेका थिए ।८२औँ मिनेटमा मेसीले नै गोल गरेपछि अर्जेन्टिनाले अग्रतालाई दोब्बर बनायो । अफ्रिकी महादेशमा मेसीले गरेको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । यसपछि थप गोल नहुँदा घरेलु टिमविरुद्ध अर्जेन्टिनाले जित सुनिश्चित गरेको हो ।



    Query Initialized, Posts Found: 0
  • कुनै ट्रेन्डिङ समाचार छैन
  • Debug: Posts with view counts: 0
  • Debug: Published posts in last 30 days: 0
  • Debug: Post Views Counter plugin active: Yes
  • Debug: Current time (NPT): 2026-06-05 06:46:55